बाघको छालासहित पक्राउ


काठमाडौं, (नेस)
प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट संरक्षित बन्यजन्तु बाघको छाला १ थानसहित डडेल्धुरा परशुराम नगरपालिका–४ बस्ने १८ वर्षीय सनम जयकर भन्ने सनम जागरीलाई पक्राउ गरेको छ।

यसैगरी संरक्षित वन्यजन्तु भालुको पित्त १ थानसहित काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट प्रहरीले बिहीबार भोजपुर साम्पाङेग–६ बस्ने ३४ वर्षीय बमबहादुर तामाङ र सिन्धुली लामपनटार–४ बस्ने ३२ वर्षीय सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ।

प्रहरीले बाघको छालासहित पक्राउ परेका जागरीलाई जिल्ला वन कार्यालय कैलालीमा र भालुको पित्तसहित पक्राउ परेका तामाङ र श्रेष्ठलाई जिल्ला वन कार्यालय काठमाडौंमा आवश्यक कानुनी कारबाहीका लागि बुझाएको छ।