काभ्रेमा एमालेले जिम्मेवारी तोक्यो

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

१५ महिना पछि बसेको एमाले काभ्रेको जिल्ला कमिटी बैठकले केन्द्रिय कमिटीको सर्कुलर अनुसार पुर्नसंरचना पछिका १३ वटा स्थानीय तह र विभिन्न विभागहरुमा जिम्मेवारी बाँडफाँड गरेको छ ।

नयाँ जिम्मेवारी अनुसार पनौती नगरपालिकामा बसुन्धरा हुमागाई इन्चार्ज र गिता बञ्जारा सह ईन्चार्ज तोकिएका छन् भने सहदेव थापा संयोजक तोकिएका छन् । त्यस्तै बनेपामा हरिदेव गिरी इन्चार्ज र कुमार तिमल्सिना सह इन्चार्ज र लक्ष्मीनरसिं बादे संयोजक तोकिएका छन् । धुलिखेल नगरपालिकामा विनोद पराजुली संयोजक, विमला शर्मा इन्चार्ज र केशव वडाल सह इन्चार्ज तोकिएका छन् । त्यस्तै पाँचखाल नगरपालिका गंगाराम अधिकारी संयोजक तोकिएका छन् भने पुस्कर ढकाल इन्चार्ज र सुभद्रा अधिकारी सह इन्चाज तोकिएका छन् ।

नमोबुद्ध नगरपालिकामा टिपी शर्मा तिमल्सिना संयोजक, कृष्ण खनाल सह संयोजक, राजन भुर्तेल इन्चार्ज र कृष्णचन्द्र आचार्य सह इन्चार्ज तोकिएका रहेका छन् । मण्डन देउपुर नगरपालिकामा विदुरप्रसाद सापकोटा संयोजक र कुमार भट्टराई सह संयोजक रहेका छन् । भुम्लुटार गाउँपालिकामा प्रेम लामा संयोजक, चौरी देउराली गाउँपालिकामा बाबुकृष्ण पन्त संयोजक, दिलिप घिसिङ्ग सह संयोजक र मुकुन्द गौतम इन्चार्ज रहेका छन् । तेमाल गाउँपालिकामा घनश्याम लामा संयोजक, र इन्द्रमान तामाङ सह संयोजक, जेनिस लामा इन्चार्ज तोकिएका छन् । रोशी गाउँपालिकामा दिलिप तामाङ संयोजक, अमित लामा सह संयोजक, गणबहादुर लामा इन्चार्ज तोकिएका छन् ।

महाभारत गाउँपालिकामा रविनमायाँ अस्तानी संयोजक र इन्द्रबहादुर तामाङ इन्चार्ज रहेका छन् । खानीखोला गाउँपालिकामा शेखर लामा संयोजक, केशव वडाल इन्चार्ज रहेका छन् । बेथान्चोक गाउँपालिकामा बेदप्रसाद तिमल्सिना संयोजक, उन्नती केसी सह संयोजक रहेका छन् ।

त्यस्तै आर्थिक विभाग प्रमुख बसुन्धरा हुमागाई, संगठन विभाग प्रमुख केशव बडाल र उपप्रमुखमा मिरा पौड्याल, स्कुल विभाग प्रमुख इन्द्र तामाङ, प्रचार विभाग प्रमुख हरिशरण दाहाल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख शिवराज भेटवाल, संस्कृति विभागमा रुद्र तामाङ प्रमुख, माधुरी सापकोटा उपप्रमुख, सहकारी तथा गरिवी निवारण विभागमा प्रमुख गुणनाथ सापकोटा र उपप्रमुख अम्बिका हमाल, सामाजिक सेवामा कृष्णचन्द्र आचार्य, उद्योग तथा बाणिज्यमा बसुनारायण श्रेष्ठ, पर्यटन प्रर्वद्धनमा राम पहरी, शिक्षा तथा मानव श्रोतमा श्याम पाण्डे प्रमुख र तुलप्रसाद दाहाल उपप्रमुख, निर्वाचन विभागमा कुमार भट्टराई, शहरी विकासमा मुकुन्द गौतम, स्थानीय विकासमा अशोक ब्याञ्जु, वन तथा वातावरणमा शान्ता न्यौपाने, जलश्रोत तथा उर्जा विभाग सम्झना गौतम, युवा तथा खेलकुदमा मुक्ति विष्ट र मोर्चा संगठन प्रमुखमा कञ्चन अधिकारीलाई इन्चार्ज तोकिएका छन् । बैठकले १७ वटा जनसंगठन फाँट इन्र्चाजमा जिल्ला कमिटी सदस्यहरुलाई इन्चार्ज र सह इन्चार्ज तोकेको प्रचार विभाग प्रमुख हरिशरण दाहालले जानकारी दिएका छन् ।

पेशागत महासंघमा हरिदेव गिरी, मानब अधिकार एलाएन्समा हरिशरण दाहाल इन्चार्ज र सह इन्चार्जमा बविता खरेल, अनेमसंघमा राममाया श्रेष्ठ इन्चार्ज, सह इन्चार्जद्धयमा उर्मिला बैद्य र सुभद्रा दाहाल, भुपु सैनिक तथा प्रहरी संगठनमा मुक्ति विष्ट, खेलकुद महासंघमा विपिन लामा, युवासंघ नेपालमा राकेश लामा, अनेरास्ववियुमा जेनिश लामा, प्रेस चौतारी पवित्रा भुर्तेल, अल्पसंख्यक सिमान्तकृत जाति राम पहरी इन्चार्ज र मैना दनुवार सह इन्चार्ज, उत्पिडित जातिय मुक्ति समाज कुमाले मिजार इन्चार्ज, सह इन्चार्ज प्रकाश रोक्का र इन्दिरा मिजार, लोकतान्त्रिक आदिवासी जनजाति माहासंघमा इन्द्रमान तामाङ इन्चार्ज र नानीमाया लामा सह इन्चार्ज रहेका छन् । त्यस्तै अखिल नेपाल किसान महासंघमा विदुर हुमागाई इन्चार्ज र तारा बस्नेत सह इन्चार्ज, जनसांस्कृतिक महासंघमा रुद्र लामा, प्रगतिशिल पेशागत कानुन ब्यवसायीमा कुमार भट्टराई, जिफन्टमा केशवमणी पौड्याल इन्चार्ज र सिर्जना कुँवर सह इन्चार्ज, मजदुर इलाकामा केशवमणी पौड्याल र सिर्जना कुँवर, नेपाल उद्योग तथा ब्यवसायी महासंघमा रमिला लामा इन्चार्ज तोकिएको जानकारी गराईएको छ ।

बैठकमा एमाले केन्द्रिय सदस्य एवं काभ्रे इन्चार्ज इश्वरी रिजाल, स्कुल विभाग सदस्य गोकु
ल बास्कोटा, सांसदहरु विदुर सापकोटा र रामहरी सुवेदी, अध्यक्ष टोकबहादुर वाईवा लगायतले पार्टीले आगामी निर्वाचनमा खेल्नु पर्ने भूमिकाका बारेमा मन्तब्य राखेका थिए । बैठकले गाउँ नगर संगठनहरुको बैठक तालिका समेत तोकेको छ ।

मण्डन देउपुरमा चैत्र १६ गते, रोशीमा १७ गते, नमोबुद्धमा १७ गते, पाँचखालमा २४ गते, धुलिखेल १८ गते, तेमाल १९ गत्े, बेथान्चोक २१ गते, पनौती २१ गते, भुम्लु २४ गते, चौरी देउराली २३ गते, बनेपा १९ गते तोकिएको छ । जिल्ला कमिटी बैठक आगामी २६ ग्ते बस्ने भएको छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष टोकबहादुर वाईवा, प्रचार विभाग प्रमुख दाहाल, सांसद विदुर सापकोटा लगायतका नेताहरु सहभागि थिए ।