सबै वडामा मतदानस्थल

0
Shares

मलेखु (धादिङ), १८ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी बढ्दै गएको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी अभियानलाई गाउँगाउँसम्म पु¥याएका छन् । चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारहरु जोडघटाउमा लागेका छन् ।

दुई नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा यतिखेर निर्वाचनको तयारी तीव्र रुपमा अघि बढेको छ । सबैजसो गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका दललले निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन् । नीलकण्ठ नगरपालिकामा निर्वाचनका लागि दलहरु उम्मेद्ववार छान्नका लागि तयारी गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सफल पार्न एक सय ९ मतदानस्थल तथा दुई सय ५० भन्दा बढी मतदान केन्द्र बनाउने गरी प्रस्ताव गरेको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिङ्खडाले बताउनुभयो । सबै वडामा मतदानस्थल राखिनेगरी वातावरण मिलाइएकाले मतदातालाई सुविधा दिनेगरी व्यवस्था गरिएको उहाँको भनाइ छ ।

धादिङमा दुई लाख ६ हजार ४५ मतदाता रहेका छन् । मतदाता शिक्षाका लागि सबै वडामा मतदाता शिक्षा पु¥याउने तयारी गरिएको सिङ्खडा बताउनुहुन्छ । मतदानस्थल तय भएकाले संवेदनशील स्थानको छनोट गरी सुरक्षा योजना बनाउने तथा बिना अवरोध मतदान गर्ने वातावरण मिलाउन लागिपरेको प्रहरी उपरीक्षक शरद खत्री बताउनहुन्छ । रासस