नेपालकै नमुना सडक निर्माण कार्यमा समस्या


यमलाल भुसाल, बुटवल ।

निर्माणाधिन बुटवल वेलवास– वेथरी सडक परियोजनामा पर्ने भौतिक पूर्वाधार ,रुखहरु र विजुलीका पोल समयमै व्यवस्थापन नहुंदा निर्माण कार्यमा समस्या उत्पन्न भएको छ ।


नेपालकै नमुना सडकको नामले चिनिने सडक निर्माण कार्यमा समस्या भएपछि समयमा नै सडक बन्न नसक्ने देखिएको छ ।

सडकको बिच भागमा रहेको नहरमा पानी वगिरहने,सडकको दुवै साईडमा हरियाली हुने र दुवै साईडबाट सडक निर्माण हुन लागेकाले यो सडकलाई नेपाल कै नमुना सडकको रुपमा लिइएको छ ।

वेलवासदेखि वेथरी सम्मको कुल साढे २१ किलो मिटरको सडक निर्माणका लागि वेलवासदेखि ११ किलो मिटर सम्मको लागि वज्र गुरु निर्माण सेवा कम्पनी जेभी र बांँकी साढे १० किलो मिटर सडकको निर्माणका लागि रोमन जेजेईसिसीएल जेभी कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्यलाई अगाडी बढाएका छन् ।

दुवै ठेक्काको गरि १ अर्व २८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीलाई निर्माणको लागि स्वकिृत पाएका हुन । निर्माण कम्पनीहरुले अवरोध नभए निधारित मिति भन्दा ६ महिना पहिले नै काम सम्पन्न गर्ने दावि समेत गरेका छन ।

गत असोजबाट काम शुरु गरेका दुवै निर्माण कम्पनीहरुले सडक निर्माणको कामलाई युद्वस्तरमा अगाडी बढाएता पनि सडककोबीच भागमा रहेका रुखहरु, विजुलीका पोल र नहरको जग्गामा बनाईएका घरहरुका कारण निर्माणमा समस्या उत्पन्न भएको रोमन जेजेईसिसीएल जेभी कम्पनीका प्रोजेक्ट म्यानेजर राजदेव महतोले बताउनुभयो ।