कर्रामा डिप ट्युबवेल निर्माण सुरु

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सेवा क्षेत्रअन्तर्गत् हेटौंडा वडा नं. ४, कर्रामा नया“ डिप ट्युबवेल निर्माण सुरु भएको छ । त्यहा“ रहेको १ नं. वेलबाट लगातार धमिलो पानी आउ“दा खानेपानी उत्पादन वितरण कार्य हुन नसकेकोमा उक्त वेलको विकल्पका रुपमा सोही स्थानमा नया“ डिप ट्युबवेल निर्माण सुरु भएको हो ।
उक्त वेल निर्माणपश्चात् हाल पानीको चापमा कमी रहेका क्षेत्र कमलडा“डा, हुप्रचौर, पारिजातपथमा पानी चाप बृद्धि हुनेछ । डिप ट्युबवेल निर्माण कार्यको सुभारम्भ हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यालय प्रमुख सुदर्शन ढकालले गरेका थिए ।

उक्त डिप ट्युबवेल निर्माण कार्यको जिम्मेवारी ठेक्का प्रक्रियामार्फत् नेपाल तराई निर्माण तथा डिप ट्युवबेल प्रालि, काठमाडौंले प्राप्त गरेको छ । १९ लाख ७५ हजार लागतमा जेठ मसान्तसम्ममा डिप ट्युबवेल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए ।