नगरपालिकाको कार्यालयमा तोडफोड


नेपाल समाचारपत्र, राजविराज ।

संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले विहिवार सप्तरी सदरमुकाम राजविराज स्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।

सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनरसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाईएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल ढोका, टेवुल कुर्षि, कम्प्युटर लगायतमा क्षती पुगेको छ ।

लगत्तै नाराजुलुस सहित जिल्ला समन्वय समितिमा पुगेका मोर्चा कार्यकर्ताले त्याहा पनि लेखा, प्रशासन र योजना शाखामा तोडफोड गरेका छन् । उनीहरुले केहि वेरअघि सुरक्षाकर्मीले खोलेको दुवै कार्यालयमा पुनः तालावन्दी गरेका छन् ।

दुवै कार्यालयमा गरिएको तोडफोडवाट १० लाखभन्दा वढिको क्षती भएको कर्मचारीहरुले जानकारी दिएका छन् ।