पशुपक्षी विमा गर्ने किसानको संख्या न्यून


 

 

नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुरमा पशुपक्षी विमा गर्ने किसानको संख्या न्यून रहेको छ । पशुपक्षीको बिमा गरे अकालमा पशु मरेमा किसानलाई आर्थिक भार नपर्ने भए पनि यसको चेतना किसानमा अझै कम रहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका पशु चिकित्सक सञ्जीबकुमार ठाकुरले बताए ।

 

मकवानपुरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म एनएलजी इन्स्योरेन्स, युनाइटेड इन्सुरेन्स र प्रुडेन्सियल इन्सुरेन्समा गरी १ हजार ४ सय ८५ गाई, ७ सय १२ भैंसी, ५ सय ६७ बाख्रा र ६ हजार नांै कुखुराको गरी १४ करोड ६१ लाख ८६ हजार पा“च सय रुपिया“को पशुपक्षीे विमा भएको जिल्ला पशु सेवा केन्द्रले जानकारी दिएको छ ।

 

जिल्लामा पशुपालन ब्यवसायमा लाग्ने कृषकको संख्या धेरै भए पनि तुलनात्मकरुपमा विमा गर्नेको संख्या ज्यादै न्यून रहेको पशु चिकित्सक ठाकुरले बताए । मकवानपुरमा ब्यावसायिकरुपमा पशुपक्षी पालन गर्ने किसानले विमा गरे पनि निर्वाहमुखीरुपमा पशुपालन गर्नेले भने विमामा ध्यान दिएका छैनन् ।

 

सरकारले २०६९ देखि बाली विमा गर्ने कानुनी व्यवस्था गरे पनि मकवानपुरमा भने भर्खरमात्र बाली विमा सुरुवात भएको छ । विविध कारणले बाली क्षति भएर कृषकले नोक्सानी भोग्न नपरोस् र कृषिकर्ममा लाग्न हतोत्साही नहुन् भन्ने उद्देश्यले सरकारले बाली विमाको व्यवस्था गरेको हो ।

 

बाली विमासम्बन्धि चार वर्षअघिदेखि कानुनी व्यवस्था भए पनि यस वर्षदेखि मात्र मकवानपुरमा कार्यान्वयनमा आएको छ । हेटौंडा–२०, हटियाका डिल्लीप्रसाद पराजुलीले १५ कठ्ठा जमिनमा तोरी बालीको विमा गरेको बाली विकास अधिकृत रचना देवले जानकारी दिइन् । कृषक पराजुलीले ३५ हजार सातसय एक वीमांक रकम तोकेर शिखर इन्स्युरेन्समार्फत् तोरी बालीको विमा गरेका हुन् ।