करेन्ट लागेर दुई बालिका गम्भीर घाइते

0
Shares

गौशाला, १६ चैत । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिका–३ धीरापुर गाउँमा आज करेन्ट लागेर दुई बालिका गम्भीर रुपमा घाइते भएका छन् ।

घाइते हुनेमा धीरापुर बस्ने मदन रायकी १२ वर्षीया छोरी मुस्कान राय र भुवनेश्वर रायकी छोरी १४ वर्षीया निशा राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै बालिका घर नजिकै रहेको बिग्ही नदीको पुलमाथि घुम्न जाँदा पुलमै मात्र छ फिट माथि बाँसको टुप्पोमा अड्याएर राखिएको ११ हजार भोल्टको करेन्टसहितको तारबाट उनीहरुलाई करेन्ट लागेको प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो ।

दुवै बालिकालाई परिवारजनले अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचार गराएर विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेका छन् । रासस