मधेश पसेर एमालेले कार्यकर्तालाई भन्यो–मधेसी मोर्चा र कांग्रेसको धम्कीसँग नडराउ



 

नेपाल समाचारपत्र, काठमान्डौं ।
२ नम्बर प्रदेशमा एमाले फेरी पसेको छ । मेची महाकाली अभियानका क्रममा सप्तरी गोलीकाण्डपछि २ नम्बर प्रदेशमा कार्यक्रम स्थगन गरेको एमालले महोत्तरीको बर्दिबासमा प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको हो । भेलामा बोल्ने नेताले चुनावी रणनितिमा २ नम्बर प्रदेश प्रथमिकतामा रहेको बताएका थिए ।

हजार बढी अगुवा कार्यकर्ता सहभागी गरेर एमालले दुई नम्बर प्रदेशमा कार्यक्रम गरेको हो । भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो । २ नम्बर प्रदेशको विकासको खाकासहित अब एमाले मधेसमा अड्डा जमाउने नेताले बताएका थिए । उनीहरुले मधेसी मोर्चा र कांग्रेसको धाक धम्कीसँग नडराउन कार्यकर्तालाई ढाडस समेत दिए ।

प्रदेशस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली बर्दिबास आउने भनिए पनि मौसमका कारण उनको भ्रमण रद्द भएको एमालेले जनाएको छ । भेलामा प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले २ नम्बर प्रदेशमा आउने चुनावमाव एमालेलाई पहिलो शक्ति बनाउने उद्घोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्