फेद कटुवा किराले सतायो


सरिता चलाउने, सल्यान ।

सल्यानमा फेद कटुवा किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित हुन थालेका छन् । बारीमा लगाएको तरकारीको विरुवाको फेद किराले काट्न थालेपछि किसानहरु चिन्तित हुन थालेका हुन् ।

मौषमी तथा वेमौषमी तरकारी खेती गर्दै आइरहेका किसानहरु फेद काट्ने किराले बारीमा खाली बनाएपछि किसानहरु चिन्तित भएका हुन् । आफ्नो आम्दानीको मुख्य स्रोत बनाउदै आइरहेको तरकारीको सम्पूर्ण बोटहरु किराले काटिदिएपछि समस्या भएको कालिमाटी गाउँपालिका वडा न २ की गंगा भण्डारीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो दिनभर देखिदैन् राती आएर सबै काटिदिन्छ ।

अनेक उपाय लगाउदा पनि किरा मार्न सकिएन । दिउँसो राम्रो भएको विरुवा अर्को दिन बिहान नभेटिने भण्डारीले बताउनु भयो । बोट काटेको वरीपरी खनेर हेर्दा मानाको हिसाबले किरा भेटिने उहाँले बताउनु भयो ।