रसुवागढि नाकामा ढुङ्गा झरेर तनाव


रसुवा (नेस)

चीनको ठोङ्सामा तीन दिन देखि निरन्तर ढुङ्गा झर्न थालेपछि चीन जान लागेका मालवाहक कन्टेनर रसुवागढि नाकामा रोकिएका छन् ।

ठोङ्सामा तीन दिन अघि आएको हिमपहिरो पन्छाउने कार्य गरेपनि ढुङ्गा निरन्तर झर्न झरिरहेकाले चिनिया पक्षले सवारी आवतजावतमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

सवारी आवतजावतमा रोक लगाएपछि चीन जान लागेका डेड सय भन्दा बढि कन्टेनर रसुवाको विभिन्न स्थानमा रोकिएका छन् ।

ढुुङ्गा झर्ने क्षेत्रमा चिनिँया पक्षले काम गरिरहेको र शुक्रबारसम्ममा सवारी साधन सञ्चालन हुने सम्भावना रहेको प्रहरीले जनाएको छ ।