नेपाली महिला कामदार सम्पर्कविहिन


बैतडी,विनोद सिंह विष्ट ।

भारतको गुजरातमा एक नेपाली महिला कामदार सम्पर्क बिहीन भएकी छन । सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ आम्चौराका भाष्कर सुवेदीकी २२ बर्षिया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली संघ, भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिनुभयो ।

आईतवार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगीकनै गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गंगानगर हेमन्तभाइको चालीबाट हराएको कलौनीले बताउनुभयो । उहाँले भन्नुभयो“ बेलु ३ महिना अघि मात्रै भारत गएकी भएपनि आईतवार पहिलो दिन काम गर्न भनी कम्पनीतिर गएकी हुन ।”

४ महिना अगाडी मागी बिहे गरेकी बेलुका श्रीमान भाष्कर पनि रोजगारीको लागी भारतमै रहनुभएका छन ।

पारिवारिक स्थिती कमजोर भएकाले श्रीमान श्रीमती दुवै रोजगारीको लागी भारत गएका बताईएको छ ।

सम्पर्कबिहीन महिला खोजीका लागी उमरगाम प्रहरीमा निवेदन दिएको प्रवासी नेपाली संघ भारतले जनाएको छ ।