गुल्मीमा १ सय ३८ मतदान स्थल कायम


अनिल खत्री,गुल्मी    ।

स्थानिय निर्वाचनको लागी गुल्मीमा १ सय ३८ मतदान केन्द्र रहने भएका छन् जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार विगतमा कायम रहेका १ सय २९ मतदान केन्द्रमा ९ वटा नयाँ मतदान स्थल थप गरि कायम गरिएको जिल्ला निर्वाचन अधिकृत गुल्मीका प्रमुख गणेश बहादुर खत्रीले जानकारी दिए ।

कतिपय मतदमान केन्द्रमा मतदाताहरुलाई मतदान स्थल पायक नपरेको प्रति ख्याल राख्दै थप गरेर १ सय ३८ मतदान केन्द्र पुराइएको अधिकृत खत्रीले जानकारी दिए । नयाँ थप भएका केन्द्रहरुमा मुसिकोट नगरपालिका जनता निम्न माध्यमिक बिद्यालय आरुपाटा, रेसुङ्गा नगरपालिकामा रेसुङ्गा माध्यमिक बिद्यालय तम्घास, सिद्धबाबा माबि खानिगाउँ तम्घास, रानिपोखरा माबि रानिपोखरा रहेका छन् ।

त्यसै गरि कालिगण्डकी गाउँपालिका देस्थिान प्राबि, सत्यवती गाउँपालिका गगनपुर निमाबि थुम्का, चन्द्रकोट गाउँपालिका जनता निकेतन माबि, रुरु गाउँपालिका रुद्रवेणी प्राबि बेनी र धुर्कोट गाउँपालिका भगवती माबि रहेका छन् । जिल्लामा रहेका ९३ वटा वडाहरुमा २ सय ५३ वटा अनुमानित मतदान केन्द्रहरुको संख्या निर्धारण गरेको छ ।

१३ दल दर्ता

सरकारले स्थानिय निर्वाचनको तयारी थाल्दै गर्दा गुल्मीमा १३ दलले दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, ने.क.पा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, संङघीय समाजवादी पार्टी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेशन र लगायतका लदलले सुची दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।

जिल्लामा निर्वाचन कार्यालय गुल्मीका अनुसार २०७३ को अप्रोशोधित मतदाता संख्या  १ लाख ८५ हजार ७ सय ८ मतदाता रहका छन् ।  कायम रहेका मतदाताहरु मध्ये कतिपय मृत्यु भएका, बसाई सराई गरेका र दोहोरो परेकाहरुलाई हटाउन बाकी रहेका छन् ।