रियललाई बायर्नको चुनौती

0
Shares

लन्डन, (एजेन्सी)

च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले कडा प्रतिद्वन्द्वी बायर्न म्युनिखको सामना गर्नुपर्ने भएको छ। शुक्रबार भएको च्याम्पियन्स लिग ड्रअनुसार अर्को स्पेनी क्लब बार्सिलोनाले युभेन्टससँग खेल्नेछ भने एट्लेटिको मेड्रिडले इंग्लिस प्रिमियर क्लब लेस्टर सिटीसँग खेल्नेछ। त्यस्तै जर्मनको बोरुसिया डर्टमन्डले फ्रेन्च क्लब मोनाकोको सामना गर्नेछ।