टेलिकमले लाभांश दिने

0
Shares

काठमाडौं, (नेस)
नेपाल दूरसञ्चार कम्पनीको नवौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। उक्त साधारणसभाले आर्थिक वर्ष २०७२⁄७३ को नाफामध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावलीमा संशोधनलगायतका प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०७२⁄७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२⁄७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई पनि पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आर्थिक वर्ष २०७२⁄७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै कुल राजस्व ३ दशमलब ६८ प्रतिशतले वृद्धि गरी नाफा १३ अर्ब ६८ करोड रुपियाँ गरेको जानकारी दिनुभयो।

उहाँले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रमा मात्र सीमित नराखी तुलनात्मकरूपमा लगानी बढी हुने अति विकट तथा दुर्गम क्षेत्रमा समेत निरन्तरता दिइराखेको र सावर्जनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन २०७३ बाट बोलपत्र, खरिद सम्झौतालगायतका प्रावधानमा भएका संशोधनलाई समावेश गर्न कम्पनीको खरिद कार्यविधि मस्यादौ तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको थियो। कम्पनीले चैत १ गतेदेखि शेयरधनीलाई लाभांश वितरण गरिने छ।