पाल्पामा बजाजको नयाँ शोरुम



पाल्पा, (नेस)

एचएच बजाजले पाल्पाको रामपुरमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। बजाजको नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पास्थित रामपुर– ७ मा अवस्थित रहेको छ।

एचएच बजाज पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो। नयाँ शोरुम शुभारम्भ अवसरमा एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले उच्च गुणस्तरको सेवा प्रदान गर्न बजाज सधैं तत्पर रहने बताउनुभयो। यस अवसरमा शोरुमले ग्राहकका लागि आकर्षक पुरस्कार पनि प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्