गुडलाइफको डबल ब्रेक चकलेट बजारमा



काठमाडौं, (नेस)
एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा स्थापित नेपालको पहिलो चक्लेट फ्याक्ट्रीले ‘डबल ब्रेक’ नामक नयाँ टफी नेपाली बजारमा ल्याएको छ।

उच्चस्तरीय र परिस्कृत मेसिनहरूको प्रयोग गरी उत्पादन गरिएको यस डबल ब्रेक टफी, चकलेट र मिल्क फ्लेवरमा उपलब्ध छ। २ रुपियाँमा उपलब्ध यरहेको कम्पनीले जनाएको छ।

उक्त चकलेट केही समयमा नै नेपालको सबैभन्दा बढी बिक्री हुने टफी सावित हुनेमा कम्पनीको विश्वास छ।

सन् २०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि नेपालकै सबैभन्दा ठूलो बिस्कुट र कन्फेक्सनरी उत्पादक कम्पनी हो। नेपाली उपभोक्ताहरू माझ निकै रुचाइएको गुड लाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुटहरूका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेट उत्पादन गर्दै आएको छ।

आफूसँग भएको पूर्वाधार र प्रविधिको प्रयोग गरी उपभोक्ताहरूलाई अरू ब्रान्डहरूको तुलनामा सुपथ मूल्यमा उच्चस्तरीय गुणस्तर र स्वाद प्रदान गरिरहेको कम्पनीकोे दाबी छ।

प्रतिक्रिया दिनुहोस्