मध्यपश्चिम महोत्सवको पारिश्रमिक अपांङ्गता भएका छात्रालाई

0
Shares

धनवीर दाहाल,रुकुम

गत फाल्गुन १२ गतेदेखी २२ गते सम्म चलेको मध्यपश्चिम रुकुम महोत्सवमा आफ्नो कला प्रस्तुत गरेर पाएको पारिश्रमिक बाट केही रकम गायक मिलन लामाले रुकुम भलाक्चाकी एक अपाङ्ग छात्रालाई प्रदान गरेका छन् ।

गायक लामाले रुकुम भलाक्चा गाबिस वडा नं ७ निवासी दुर्गा रोकायलाई रु १५५० प्रदान गरेका छन् । उनले दुर्गाको अवस्थालाई मध्यनजर गरी आफ्नो पारिश्रमिकबाट सानो भएपनि सहयोग होस भन्ने ध्यका साथ प्रदान गरेको बताएका छन् ।

यसै गरी मध्यपश्चिम रुकुम महोत्सव प्रायोजन उपसमितीका संयोजक मोहबिर खड्काले पनि १५५० थपिदिएका छन् । गायक मिलन लामाको १५५० र मोहबिर खड्काको १५५० गरी ३१०० रुपैंया ति छात्रा रोकायलाई महोत्सवको सचिवालयमा प्रदान गरिएको हो । आर्थिक समितीका संयोजक राजन पुन, प्रायोजन समितीका संयोजक मोहबिर खड्का, दिपकराज खड्का लगाएतले प्रदान गरेका हुन् ।

रोकाय ४ महिनाको हुँदा आगोले एउटा ख्ट्टा जलेको थियो । त्रिभुवन जनता माविमा कक्षा १२ मा अध्ययनरत १८ बर्षिया दुर्गा रोकाले आफुलाई सहयोग गरेकोमा गायक मिलन लामा र महोत्सव प्रायोजन समितीका संयोजक मोहबिर खड्काप्रति आभार प्रकट गरेकी छन् ।