११ कठ्ठा जग्गा विद्यालयलाई दान



सिन्धुली, (नेस)
बरुणदेवी माद्यमिक विद्यालय खट्टार क.न.पा. २ मा कृषि क्याम्पस सञ्चालनको लागि ११ कठ्ठा जग्गा दान गरिएको छ । विद्यालयले २०६८ चैत्र ५ देखि १२ सम्म सञ्चालन गरेको महायज्ञमा विद्यालयको नाममा दान गरेको जग्गा विभिन्न व्यक्तिले विद्यालयको नाममा नामसारी गरिदिएको हो ।

विद्यालयको नाममा निवर्तमान अध्यक्ष शन्तबहादुर श्रेष्ठको आमाको नामबाट २ कठ्ठा, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य देवानन्द श्रेष्ठबाट ३ कठ्ठा र अन्य स्थानबाट मिलान गर्ने गरी १ कठ्ठा १४ धुर, गाउका जेष्ठ नागरिक दलबहादुर श्रेष्ठबाट २ कठ्ठा, सहायक प्रधानध्यापक लालबहादुर श्रेष्ठको बुबा अम्बरबहादुर श्रेष्ठ र बुहारीहरु लिलादेवी श्रेष्ठ र तुलसादेवी श्रेष्ठको नामबाट २ कठ्ठा र इश्वरीलाल श्रेष्ठबाट १ कठ्ठा गरी ११ कठ्ठा जग्गा विद्यालयको नाममा पास भएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयको नाममा नामसारी गरिएको जग्गा एकिकृत गरि ११ कठ्ठा १४ धुर नै हाल विद्यालय सञ्चालन रहेको भवन नजिकैको जग्गा पास गरिएको विद्यालयका जग्गा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महायज्ञमा विद्यालयको नाममा दान गरेका जग्गा मध्य ४४ कठ्ठा र दुइ रापन जग्गा विद्यालयको नाममा आउने क्रममा रहेको जग्गा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सबै भन्दा वढी जग्गा लाम्पानटा माविका प्रधानध्यपक अनन्त श्रेष्ठ र मावि बुक्तिखट्टारका प्रधानध्यापक जगत श्रेष्ठका बुबाको नामबाट ११ कठ्ठा जग्गा विद्यालयको नाममा नामसारी हुन बाँकी रहेको समेत जग्गा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

महायज्ञमा कृषि क्याम्पस सञ्चालनको लागि ३ करोड ८२ लाख बरबरको जग्गा तथा नगद दान सहयोग प्राप्त भए पनि विद्यालयको नाममा जग्गा नामसारी हुन सकेको थिएन । विद्यालयले महायज्ञमा बचन दिईए अनुसार कृषि क्याम्पस सञ्चालन गरेको भन्दै दान दाताहरुले असन्तुष्टि जनाउदै दान गरिएको जग्गा विद्यालयको नाममा नामसारी नगरि रहेका थिए । तर विद्यालयले कृषि विषय अन्तरगतको ३ वर्षीय पशु विज्ञान विषय यस वर्षबाट सिटिईभिटीबाट सम्बन्धन लिई सञ्चालन गरे पश्चात विद्यालयको नाममा जग्गा नामसारी धमाधम भईरहेको विद्यालयको प्रधानध्यापक रामकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘सिटिईभिटीले अनुमति नदिएको कारण सञ्चालन गर्ने भनिएको पाँच वर्ष सम्म सञ्चालन गर्न नसकिए पनि शैक्षिक सत्र २०७३बाट कृषि विषय अन्तरगतका आईएसी एजी ३ वर्षीय पशु विज्ञन विषय सञ्चालन गर्न सफल भएका छौं । महायज्ञबाट उठेको रकम खायो भन्ने आरोप थियो, त्यो आरोप झुटो सावित गरिदिएका छौं, सिन्धुलीमा कृषि क्याम्पस सञ्चालन गर्न सफल भएका छौं ।’ विद्यालयका प्रधानध्यापक रामकाजी श्रेष्ठले खुशी हुदै भन्नुभयो । कृषि क्याम्पस सञ्चालन भई सक्यो, अव महायज्ञमा कबुल गरिए अनुसारका दानदाताले पनि नगद तथा जग्गा विद्यालयको नाममा उपलब्ध गरिदिई क्यापस सञ्चालन गर्न सहयोग गरिदिन प्रधानध्यापक श्रेष्ठले आग्रह गर्नुभयो ।

सिन्धुलीमा सञ्चालन भएका ठूला ठूला महायज्ञबाट लक्ष्य लिईएका उपलब्ध हाँसिल नभई रहेको अवस्थामा वरुणदेवी मावि खट्टारले लिईएका लक्ष्य ५ वर्ष पछि भए पनि पुरा हुने क्रममा रहेको महायज्ञ मुल समारोह समितिका संयोजन तथा तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि श्रेष्ठले वताउनुभयो । विद्यालयले कृषि क्याम्पस सञ्चालन गर्न महायज्ञ सञ्चालन गरेको र उत्साहजनक सहयोग प्राप्त भएकोमा विद्यालयले लक्ष्य अनुरुप कृषि क्याम्पस सञ्चालन गर्न सिटिईभिटिबाट अनुमति नदिएको कारण ढिलाई भए पनि अब लक्ष्य प्राप्तीको क्रममा रहेको महायज्ञ मुल समारोह समितिका संयोजन श्रेष्ठले वताउनुभयो ।

महायज्ञमा दान गरेका जग्गा विद्यालयको नाममा नामसारी गरिदिन अविभावकहरु तयार रहेको तर विद्यालय सेवा क्षेत्र भन्दा बाहिर पनि दान दाता भएकाले विद्यालयको नाममा नामसारी गर्न केहि समस्या भएको महायज्ञ मुल समारोह समितिका संयोजन श्रेष्ठले जानकारी दिनुभयो ।

कनपा २ निवासि विष्णुमाया श्रेष्ठले आफुले महायज्ञमा कृषि क्याम्पस सञ्चालन गर्न ५१ हजार नगद दिएको र दुई कठ्ठा जग्गा दिने वचन दिएकाले विद्यालयको नाममा जग्गा पास गरिदिएको बताउनुभयो । आफ्नै ठाउमा नमुना कृषि क्याम्पस सञ्चालन हुने भएपछि गाउँको विकाससंगै सन्तानले कृषि अध्ययनका लागि जिल्ला बाहिर जानु नपर्ने भएकाले अहिले जग्गा उपलब्ध गराएको बताउनुभयो ।

उहाँका अनुसार अहिले त्यस क्षेत्रमा प्रति कठ्ठा ८ देखी १० लाख सम्ममा किनबेच हुने गरेको छ । आफुलेत ढिलै भएपनि विद्यालयसंग गरेको प्रतिबद्धता पुरा गरे र विद्यालयको विकास र हितकालागि अरुलाई पनि गरेको प्रतिबद्धता पुरा गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्