मोहन दुवाल
नेपाल साहित्यिक पत्रकार संघ, केन्द्रीय समितिको आयोजनामा बनारसमा पुगेर नेपाली भाषा–साहित्यको उत्थानमा साहित्यिक पत्रकारिताको माध्यमबाट योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यिक काशीबहादुर श्रेष्ठद्वारा प्रकाशित तथा सम्पादित ‘उदय’ साहित्यिक मासिकका लागि काशीबहादुरको दिवंगतपछि पनि निरन्तर प्रकाशन गरिरहेकै कारणले सम्पादक दुर्गाप्रसाद श्रेष्ठको सम्मान गर्न जाने संघबाट निर्णय भएको थियो। २०७३ फागुन १ गतेको एक्सप्रेस बसबाट बनारस पुग्ने योजना भएअनुसार काठमाडौंबाट जाने २४ जना र चितवनबाट चढ्ने दुईजना साहित्यिक पत्रकारहरुका लागि बस व्यवस्थापन गर्ने जिम्मा मैले लिएकोले काभ्रेका मित्र सँर्यप्रसाद लाकोजँको विशेष सहयोगमा मञ्जुश्री बस सेवा समिति, कारखानाचोकबाट प्रत्येकलाई रु. ४४००।– तिरेर जाने–आउने बसको टिकट मिलायौं। एकमुष्ट रु. १ लाख १० हजारको टिकट केही दिनअगाडि नै काटेर बनारस जाने टुङ्गो लगाइयो। मैले बोकेको विशेष अभिभारास्वरुप प्रत्येक व्यक्तिसँग रु. ५०००।– उठाउने कार्य पनि गरियो। संस्थाबाट पनि केही रकम खर्चको लागि निकाल्न लगाइयो। र, हामी जाने तयारीमा जुट्यौं।
२०७३ फागुन १ गते ६ः०० बजे नै काठमाडौं बसस्टपमा पुग्नका लागि सँर्यप्रसाद लाकोजँ र ध्रुवकृष्ण ताम्राकार पनौतीबाट मोटर लिएर मेरो घरछेउमा आइपुगे। भारती र म पनि मोटर चढ्यौं। ६ः०० बजेतिर नै बस रहेको ठाउँ कारखानाचोकमा ओर्लियौं। ७ः०० बजेभित्र नै साथीहरु आइसक्नुपर्ने भनेकोले ठीक समयमा सबै साथीहरु पनि आइपुगे। काठमाडौंबाट बस चढ्ने साहित्यिक पत्रकारहरुमा नगेन्द्रराज शर्मा (अभिव्यक्ति), रोचक घिमिरे (रचना), मातृका पोखरेल÷निनँ चापागाईं (वेदना), रामप्रसाद पन्त (दायित्व), नवराज पुडासैनी (कल्पतरु), मोहन दुवाल÷भारती श्रेष्ठ (जनमत), चेतनाथ धमला (कौशिकी), यादव भट्टराई (दायित्व), होमशङ्कर बास्तोला (अन्तर्बोध), वियोगी बुढाथोकी÷शकुन्तला बुढाथोकी (शिवपुरी सन्देश), अर्जुनबहादुर तामाङ (तामाङ डाजाङ), आर.एम. डंगोल (शब्द संयोजन), गणेश राई (लिब्जु भुम्जु), ठाकुर शर्मा भण्डारी (वैजयन्ती), माधव पोखरेल ‘गोज्याङ्ग्रे’ (नवसिर्जना), लक्ष्मी भट्टराई (शाल्मली), सँर्यप्रसाद लाकोजँ÷ध्रुवकृष्ण ताम्राकार (अक्षरमार्ग), नरेन्द्रबहादुर श्रेष्ठ÷निरु श्रेष्ठ (सल्लाहकार÷श्रीमती), रामेश्वर राउत मातृदास (विद्युतकर्मी) गरी जम्मा २४ जना साहित्यिक पत्रकारहरु थियौं। मुग्लिनमा पुग्दा रातको साढे १० बजिसकेकोले खाना त्यहीँ खायौं। चितवनबाट साहित्यिक पत्रकारहरु डी.आर. पोखरेल (हाम्रो सिर्जना) र गायत्रीकुमार चापागाईं (संगम अभियान) रातको १ः०० बजे नारायणगढ, पुल्चोकबाट बस चढे। हामी २६ जना साहित्यिक पत्रकारहरु भारत पुग्ने धोको बोकेर बसमार्फत कुदिरह्यौं।
कोही सुतेर आनन्दमा सपना देखेर, कोही ‘छक्कापञ्जा’ व्यङ्ग्य सिनेमा हेरेर, कोही आफँ–आफँमा गफमा मस्त रमेर, कोही मनमा तर्कना बोकेर ड्राइभरहरुको एकनासको हँकाइमा हामी सबै कुदिरह्यौं, कुदिरह्यौं। जाडो त्यति महसुस भएन, तर पनि हामी सबैजना जाडोबाट बच्न आ–आफ्नो ढङ्गले सतर्क भयौं। सुनौली नाकामा पुग्दा बिहानको ४ः३० बजे भयो। ६ः०० बजे नभईकन नाका नखुल्ने भनेकोले छेउकै होटेलमा चिया पिउँदै समय बितायौं। ६ः०० बजे नाका खुल्नासाथ भारतीय प्रहरीहरु नाकामा सक्रिय हुन थाले। २६ जनाको हाम्रो नेपाली टोली कार्यक्रम विशेषमा बनारस जान लागेका हौं, हामी सबैजसो साहित्यिक पत्रकारहरु रहेको जानकारी गराउँदै सँचना विभागबाट प्राप्त मेरो नामको परिचय–पत्र देखाएपछि सजिलै चेकजाँच नगरीकन भारतीय भँमिमा हामी प्रवेश गर्यौं। बिहानको खाना गोरखपुरमा खायौं।
साँझ ५ः३० बजे बनारस बसपार्कमा हाम्रो बस रोकियो। हामी सबैजना आ–आफ्ना लगेजहरु डोर्याउँदै जगदम्बा धर्मशाला, दँधविनायक गल्लीमा पुग्यौं। बस्ने–खाने टुङ्गो लगाइएको सो धर्मशालामा हामीभन्दा अगाडि लक्ष्मी उप्रेती (वनिता) दिल्लीबाट आइसकेकी रहिछन्। ९ वटा कोठाहरुमा हामी विभाजित भएर गयौं। धर्मशालाका प्रमुख सेवक काशी अधिकारीको परिवारले पकाएको खाना रमाएर मात्र खाएनौं, मीठो मानेर खायौं। महिलाहरुको कोठामा रात बिताउन भारती गइन्। सँर्यप्रसाद र ध्रुवकृष्णसँग एउटै कोठामा रात छल्न म पनि गएँ। निन्द्रा मज्जाले लाग्यो। सधैँझैँ बिहान ४ः०० बजे नै निद खुल्यो। बिस्तारै सबै साथीहरु आ–आफ्नो कोठाबाट उठ्न थाले। आजको कार्यक्रम दिनको ३ः०० बजे मात्र हुने भनिएकोले बिहान घुम्न जाने निधो गर्यौं। नरेन्द्रबहादुर श्रेष्ठ, निरु श्रेष्ठ, सँर्यप्रसाद लाकोजँ, ध्रुवकृष्ण ताम्राकार, भारती श्रेष्ठसहित म पनि गंगाजी घुम्न जाने टुङ्गो लगाइयो।
बिहानको ७ः३० तिरको समयमा हामी ६ जना गंगाजीछेउ पुग्यौं। त्यहाँ पुग्दा थुप्रै खालका ठाउँ–ठाउँबाट आएका धार्मिक मनहरु, पर्यटकहरु यत्रतत्र छरपस्ट घुमिरहेका देख्यौं। ८० वटा घाटहरु रहेको उक्त गंगाजीको भँगोलमा कोही डुङ्गामा शयर गर्दै रमाउँदै छन्। कोही लास जलाएर आफँहरुलाई शोकमा डुबाइरहेछन्। कोही लुगा धोएर आफँलाई टक्टक्याइरहेछन्। कोही पानीमा डुबाएर आफँलाई चोखो बनाउँदै छन्। गंगा नदी पश्चिमबाट पँर्वतिर एकनासले बगेकी देखिन्छ। ‘वरुण’ र ‘असी’ नदीको नाम जोडिएर ‘वाराणसी’ भएको यस ठाउँको अन्य नामहरुमा ‘बनारस’ र ‘काशी’ पनि हुन्। विश्वकै पुरानो शहरमध्येको यो शहर इतिहासमा लिपिबद्ध भएको धार्मिक शहरका रुपमा प्रसिद्ध छ। निकै रमाइलो लाग्यो गंगाजी घुम्न पाउँदा। ५ सय भारुमा मेसिनबाट चल्ने डुङ्गामा हामी ६ जना चढ्यौं। पश्चिमबाट पँर्वतिर करिब १ घण्टा डुङ्गामा बसेर गंगाजीको पानी हेरेर कुदिरह्यौं। गंगाजीको पानी लिएर आउने धुनमा साथीहरुले तीनवटा जर्किन किनेर त्यसमा जल भरे। नरेन्द्रबहादुरजी कलाकार पनि भएकोले एउटा प्लास्टिकमा बालुवा भर्न थाले। र, बालुवा कति सफा रहेछ भनी मख्ख भए। तर हामी चढेको डुङ्गाका चालकले यहाँको बालुवा कसैले लाँदैन, केही गरी लाने हो भने केही न केही चीज चढाएर लानुपर्ने भनेकोले मित्र नरेन्द्रले बालुवा गंगाजीमा नै फालिदिए। डुङ्गामा चढेर व्यापार गर्नेहरु पनि थुप्रै रहेछन्। हामीले २० रुपियाँको स्याउरोटी किन्यौं। उक्त टुक्रा रोटीहरु पानीमा फालिदिँदा सयौं सेता परेवाहरु हानथाप गर्न आउने दृश्यहरु निकै मनमोहक लाग्यो। हेरिरहँँ जस्तो लाग्ने परेवाका हँलहरु गंगाजीको तरङ्गमा कति मज्जाले स्याउ टिप्न होडबाजी गर्दा रहेछन्, हेर्दैमा आनन्द लाग्ने कस्तो मनोरम दृश्य मनमा कैद भयो।
गंगाजीको पानीमा छरपस्ट हुने गरी रातो सँर्यको किरण फिँजियो, क्यामेरामा कैद गरियो। डुङ्गा दक्षिणतिर ओराल्ने भयो र हामी ओर्लियौं। बालुवाका बगरहरु भएकै ठाउँमा पसलहरु पनि छन्। हामी त्यहाँ डुङ्गाबाट झर्यौं। घोडा चढाएर व्यापार गर्न रुचाउनेहरु मान्छेको खोजीमा छन्। सँर्य र ध्रुवले घोडा चढे। बालुवाकै बाटोमा केहीक्षण यत्रतत्र गरेर रमाए, फोटो खिचे– रमाइलो भयो। दश्वमेघ घाट, हरीशचन्द्र घाट, त्रिपुरा भैरवी घाट, मणिकर्निका घाटलगायत ८० वटा घाटहरुको नाम मेरो नोटबुकमा टिपेँ। बिहानको यस दिनको समय निकै रमणीय ढङ्गले बितायौं।
इतिहासमा सिद्धार्थ गौतमले पनि कोशीको सारनाथमा आएर धर्मचक्र परिवर्तन गरेको भनी राहुल सांस्कृत्यायनले आफ्नो लेखमा उल्लेख गरेको देखिन्छ। गोर्खाका राजा पृथ्वीनारायण शाहले काशीबाट डोला झिकाई त्यहाँका राजपुत अहिनारायण सिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग विवाह गरी काशीसँग सम्बन्धलाई जीवन्त बनाएको देखिन्छ। भक्तपुरका राजा रणजीत मल्ल, राजा रणबहादुर शाह रानीसहित, बी.पी. कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, निर्मल लामा, मोदनाथ प्रश्रित, डा. बाबुराम भट्टराई, आदि थुप्रै राजनीतिज्ञहरु यसै ठाउँमा रहेर राजनीतिक गतिविधि गरेको देखिन्छ।
मसँग पनि करिब ४३ वर्षअगाडि बनारस पुगेको सम्झना छ। निर्मल लामाको चिठी बोकेर मोहनविक्रम सिंह भेट्न गएको र त्यही दँधविनायकमा सात दिन मोहन विक्रमको कोठामा उनीसँग कम्युनिस्ट शिक्षा–दीक्षा लिएको याद आइरहन्छ। वि.सं. २०३० सालतिर नेकपा (चौम) पार्टीका काभ्रे जिल्ला सचिव भएको बेला राजनीतिक कक्षा लिन गएको म पुनः २०७३ फागुन २ गते नेपालका साहित्यिक पत्रकारहरुसँग केन्द्रीय महासचिव भएर बनारसमा साहित्यिक कार्यक्रम लिएर जान पाएको छु। र, मलाई लाग्छ– बनारस नेपालीहरुका लागि धार्मिक स्थल मात्र नभई शैक्षिक, राजनीतिक, सांस्कृतिक र साहित्यिक भँमि पनि हो। आज हामीहरु बनारसबाट ‘उदय’ भएको साहित्यिक इतिहासको सम्मान गर्न बनारस पुगेका छौं।
प्रतिक्रिया