कामनाको विशेष अंक, अब चाडै तपाइको हातमा

0
Shares

पाइरेसीका आरोपित सुवेदीले किन गरे आत्महत्या ?
छक्का पञ्जा फिल्मको पाइरेसीका आरोपित नवलपरासीका कृष्ण सुवेदीले हतासपूर्ण ढंगले किन आत्महत्या गरे? आफुले गुगल ड्राइभमा शेयर गरेको लिंक हटाइएपछि दोस्रोपटक अन्तैबाट फिल्म पाईरेसी भए पनि उनले किन आत्महत्या गरे? प्रहरीले अनुसन्धानका क्रममा गरेको दुव्र्यवहारको सम्झना, आफूले लिक गरेको नभई अन्तैबाट फेरि पाइरेसी भएको भन्ने खबरको कमी, आरोप बल्झिएर पुनः पुष्टि भए हुन सक्ने कडा कानुनी कारबाही, लोक लाज, सामाजिक त्रास, पाइरेसी घटनामा संलग्न साथीहरूको व्यवहार र किन यस्तो गरिस् भन्ने प्रश्नहरू, यस्ता जे पनि कारण हुन सक्छ उनको आत्महत्याको पछाडि । माघबाट जागिर खाने नियुक्ती पाईसेका उनले किन गरे आत्महत्या ? विशेष रिपोर्ट।
अभिनय गर्दागर्दै निधन
‘अभियन गर्दागर्दै मर्न पाउ“m’ –रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुया“ल भन्ने गर्थे । भयो पनि त्यस्तै, उनको अभिनय गर्दागर्दै निधन भयो । उनको रंगमञ्चमा अभिनय गर्दागर्दै अचानक निधन हुन पुग्यो । मृत्यु कहिल्यै सुखद हुन सक्दैन, तर अभिनयका भक्त विष्णुभक्तको अभिनय गर्दागर्दै ‘मर्ने’ इच्छा भने पूरा भयो ।

सेक्स फिल्म ह्वाई नट

सेक्स बिकिहाल्छ भनेर होला त्यस्ता फिल्म बनेका। इजी मनी र इजी फिल्मका लागि पनि होला। तर, अहिले त्यस्तो फिल्म कम भइसकेको छ। तर, मलाई भने कहिल्यै त्यस्तो फिल्ममा खेल्ने अफर आएन’, नायिका ऋचा शर्माले भन्छिन् ‘सेक्स ओरेन्टेड फिल्म खेल्नै हुन्न भन्ने छैन। राम्ररी प्रेजेन्ट गर्न सक्ने मान्छे आएर त्यस्तो फिल्म बनाउ“छन् भने ह्वाई नट ! म त्यस्तो फिल्ममा काम गर्न पनि तयार छु।’ कभर गर्ल ऋचा शर्माको संघर्ष, सफलता र सपनाका कुरा।

पवनको पीडा
अभिनेता पवन मैनालीले शारीरिक अवस्था ठीक होउन्जेल नाटक, सिरियल र ठूलो पर्दाका फिल्ममार्फत् देशको सेवा गरे । तर, जब एक भयानक सवारी दुर्घटनामा परेर अशक्त भए, पीडामाथि पीडा भोगिरहेका छन् । परिवार र सम्बन्धित संघ–संस्था तथा निकायको बेवास्ताका कारण यस्तो पीडादायी अवस्थामा गा“स, बास र आश्रयका लागि उनी सामाजिक संस्थाको शरणमा पुगेका छन् । पवनको दर्दनाक पीडा।

अन्तर्राष्ट्रिय महोत्सव र पुरस्कारमा नेपाली फिल्म

नेपाली फिल्मको निर्माण र प्रदर्शनमा वृद्धि हु“दै जा“दा अन्तर्राष्ट्रिय महोत्सव र पुरस्कारमा समेत पहु“च बढ्दै गएको छ । कुन–कुन र कस्ता–कस्ता फिल्मले यस्ता महोत्सव र पुरस्कारमा आफूलाई अब्बल सावित गर्न सफल भए । बिस्तृत रिपोर्ट।