समीक्षा अवधिमा ३६ अर्ब रुपिया“को निर्यात

0
Shares

काठमाडौं, (नेस)

आर्थिक वर्ष २०७३÷७४ को छ महिनासम्ममा कुल वस्तु निर्यात १४ दशमलव ८ प्रतिशतले वृद्धि भई ३६ अर्ब २७ करोड रुपिया“ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २७ दशमलव २ प्रतिशतले ह्रास आएको थियो। समीक्षा अवधिमा भारततर्फ १७ दशमलव १ प्रतिशत, चीनतर्फ ५४ दशमलव ८ प्रतिशत र अन्य मुलुकतर्फ १० दशमलव १ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा जुस, पिना, रोजिन, जिआई पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पोलिस्टर ¥यान, ऊनी गलैंचा, तरकारी लगायतका वस्तुको निर्यात घटेको छ।

समीक्षा अवधिमा कुल वस्तु आयात ६७ दशमलव ३ प्रतिशतले बढेर ४६४ अर्ब ६१ करोड रुपिया“ पुगेको छ।