हङकङ र युकेमा मिलनको गाला रातै


पछिल्लो समयमा गायिकाबाट मोडलसमेत बनेकी मिलन अमात्य हिजोआज विदेशमा हुने गरेका सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा असाध्यै व्यस्त हुने गर्छिन्। सातैपिच्छे विदेशका कार्यक्रममा पुगेर गीतसंगीत प्रस्तुत गरी त्यहाँ बस्ने नेपालीलाई नेपालमै रहेको आभाष दिलाउँदै आएकी गाला रातै गायिका अमात्यले पछिल्लोपटक हङकङ तताएकी छिन्।

नजिकिँदै गएको नयाँ वर्ष २०१७ को आगमनका अवसरमा हङकङमा आयोजित कार्यक्रममा उनले आफ्ना हिट नम्बरहरु गाएर हङकङवासी नेपालीलाई सांगीतिक आनन्द प्रदान गरिन्। कार्यक्रममा गायिका अमात्यले आफ्नो नयाँ गीति अडियो एल्बम मिलन संजोगका केही गीतहरु पनि सुनाएकी थिइन्। उनले त्यहाँ आयोजित कार्यक्रममा नयाँ गीतसँगसँगै गाला रातै, स्लोली स्लोली, आवाज देऊ, सोझै होलगायतका गीत प्रस्तुत गरेकी थिइन्। यी दुवै देशहरुमा उनी करिब ३ हप्ता बिताएर नेपाल फर्कनेछिन्। हङकङको कार्यक्रम पूरा गरी हुने अर्को कार्यक्रमका लागि युके पुग्दै छिन्। युकेको उनको पहिलो कार्यक्रम ३१ डिसेम्बरमा ह¬नेछ भने दोस्रो र तेस्रो कार्यक्रम क्रमशः नयाँ वर्ष २०१७ को ८ र ९ तारिखमा ह¬नेछ। गायिका अमात्यले युकेमा आफ्नो पहिलो र हङकङमा भने चौथो कार्यक्रम भएको बताइन्। उनी कार्यक्रम पूरा गरी ३ सातापछि स्वदेश फर्कनेछिन्।