हेयरसँगै फेसन सो


व्युटिसियन सुष्मा महराद्वारा राजधानीको काठमाडौं मलमा सञ्चलित फेसियल हाउसको नवौं वार्षिकोत्सवको अवसरमा मलमै हेयर स्टाईल र मेकअपसहितको फेसन सो आयोजना गरेको छ।

फेसन सो आम विषय भए पनि हेयर स्टाइल र मेकअप सो भने कमै हुने गर्दछन्। व्युटिसियन महराले पनि हाउसको नवौं वार्षिकोत्सवलाई केक काटेर मनाउँदै फेसन सो भइरहने गरे पनि मेकअप र हेयर स्टाइल सोलाई महत्त्व नदिने गरेकाले हेयर र मेकअप सोका साथ फेसन सो गरिएको बताइन्।

करिब तीन घण्टा चलेको सोमा विभिन्न मोडलहरुले विभिन्न ३ सिक्वेन्समा फेसियल हाउसको हेयर स्टायल र मेकपमा र्याम्प नापेका थिए। त्यसै गरी धिरज राई, सपन श्रेष्ठलगायतका गीत संगीत प्रस्तुत गरी कार्यक्रमलाई सांगीतिक वातावरण दिलाएका थिए।