काठमाडौं, (नेस) नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल वायु सेवा सञ्चालक संघले पनि आन्तरिकतर्फको हवाई भाडा समायोजन गरेको छ।
संघका अनुसार बुधबारदेखि लागू हुने गरी न्यूनतम ९० रुपियाँदेखि अधिकतम ३ सय १० रुपियाँसम्म भाडा घटाएको छ। संघले काठमाडौं–सिमराको भाडा प्रतिटिकट ९० रुपियाँ मूल्य घटाएको छ भने काठमाडौं–धनगढीको भाडा प्रतिटिकट ३ सय १० रुपियाँ घटाएको हो।
त्यस्तै, माउन्टेन फ्लाइटमा भाडा प्रतिटिकट ३ सय रुपियाँ मूल्य घटाएको छ। नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपियाँले घटाएको थियो। नयाँ मूल्यअनुसार प्रतिलिटर हवाई इन्धन (आन्तरिकतर्फ) ८६ रुपियाँ भएको छ।
प्रतिक्रिया