अस्ट्रेलियाले जित्यो ओडीआई सिरिज

0
Shares

लन्डन, (एजेन्सी)

डेविड वार्नरले यस वर्ष छैटो वानडे अन्तर्राष्ट्रिय सतक ठोकेपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको तीन खेलको सिरिज जितेको छ। मंगलबार क्यानबेरामा भएको दोस्रो वानडे अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा अस्टे«लिया १ सय १६ रनले जितेको हो। यो जितस“गैं अस्टे«लियाले २–० को अग्रता लिएर सिरिजमाथि कब्जा समेत ग¥यो। जसमा वार्नरको १ सय १९ रनको सानदार योगदान बनेको थियो।

करिअरको १ सयौं ओडीआई खेल खेलिरहेका न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर अस्टे«लियालाई ब्याटिङको निम्तो दिएका थिए। अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्ने मौकालाई खेर फालेन। टोलीले पा“च विकेटको क्षतिमा ३ सय ७८ रनको विशाल योगफल तयार गरेको थियो। यो अस्टे«लियाको ओडीआईमा तेस्रो उच्चतम स्कोर थियो।

टोलीको विशाल योगफलका लागि स्टिभ स्मिथले पनि ७२ रन जोडे। वार्नर र स्मिथले १ सय ४५ रनको साझेदारी गरे भने अन्तिम १० ओभरमा ट्राभिस हेड र मिचेल मार्शले १ सय २६ रन बटुलेका थिए। विशेष गरी मार्शले सात छक्का हान्दै ४० बलमा ७६ रन बनाए भने हेडले ३२ बलमा ५७ रन जोडेका थिए।

जवाफमा ब्ल्याक क्याप्सका ओपनर मार्टिन गप्टिल ४५ रनमा आउट भए। त्यसपछि विलियमसन र जेम्स निसामले न्युजिल्यान्डलाई आशा दिलाए। तर प्याट कमिन्सले ४४ रनका लागि ४ विकेट लिएर ओडीआईमा उत्कृष्ट बलिङ गरेपछि भ्रमणकारी टोली २ सय ६२ रनमा समेटियो। तेस्रो विकेटका लागि १ सय २५ रन साझेदारी गरेका विलियमसनले ८१ रन र निसामले ७४ रन जोडेका थिए।