जेम्स म्याटिस नयाँ अमेरिकी रक्षामन्त्री

0
Shares

वासिङ्टन,(एजेन्सी)

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तान युद्धमा सरिक रहेका पूर्वसैनिक ६६ वर्षीय जनरल जेम्स म्याटिसलाई शुक्रबार रक्षामन्त्री नियुक्त गरेका छन्।

ओहाइयोमा रक्षामन्त्री छनोटबारे बोल्ने क्रममा ‘म्याड डगुको उपनामले समेत चिनिने तथा ओबामा सरकारको मध्यपूर्वी नीति, त्यसमा पनि विशेष गरी इरानी मामिलामा स्पष्टवादी समीक्षकको रूपमा अगाडि आएका म्याटिस उत्कृष्ट छनोट भएको ट्रम्पले बताएका छन्।

उनले इरानलाई मध्यपूर्वको शान्ति र स्थिरताका लागि सबैभन्दा खतराको रूपमा व्याख्या गर्दै आएका छन्। आफ्ना समर्थकहरूका लागि ‘यूएसए थ्यान्क यु टुर २०१६ुको शुरूआत गर्ने क्रममा ट्रम्पले सिन्सिन्नाटीमा विशाल जन समुदायमाझ आफूले म्याड डग म्याटिसलाई रक्षामन्त्री बनाउन लागेको घोषणा गरेका हुन्।

आफ्नो भाषणको क्रममा ट्रम्पले विभाजित अमेरिकालाई एकजुट पार्नुपर्ने तर कुनै पनि डेमोक्रेटले सामूहिक अंकमाल गर्ला जस्तो नदेखिएको बताएका छन्।