सोनिया गान्धी अस्पतालमा

0
Shares

नयाँदिल्ली, (एजेन्सी)

भारतको प्रमुख विपक्षी कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीको अस्पतालमा ज्वरोको उपचार भइरहेको छ। उनलाई मंगलबार बिहान नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा भर्ना गरिएको पार्टी प्रवक्ता रणदिप सुर्जेवालाले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

उनी अस्पतालमा दुई दिन बस्ने बताइएको छ। ६९ वर्षीया सोनिया पूर्वप्रधानमन्त्री राजिव गान्धीकी विधवा हुन्। उनी सन् १९४७ मा भारतले स्वाधीनता प्राप्त भएयता अधिकांश समय सत्तामा पुग्ने नेहरू गान्धी वंशको जेष्ठ व्यक्तित्व हुन्।

उनको पार्टी सन् २०१४ मा प्रधानमनत्री हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी( विजेपि ) संग हारेको थियो। केही वर्षयता गान्धीको अस्पतालमा आउने जाने क्रम जारी रहेको छ। सञ्चार माध्यममा उनको स्वास्थ निकै चासो र चर्चाको विषय बनेको छ। गत अगस्ट उनको चोट लागेको काँधको शल्यक्रिया भएको थियो।

उनी सन् २०११ मा नाम नखुलाइएको रोगको शल्यक्रियाको सिलसिलामा अमेरिका पुगेकी थिइन्। त्यसै गरी सन् २०१३ मा संसद् भवनमा बिरामी भएर अचानक ढलेपछि उनलाई अस्पताल पुर्याइएको थियो। त्यसै गरी संक्रमणको उपचारका लागि उनी सन् २०१४ दिल्लीको एउटा अस्पतालमा भर्ना गरिएको थियो।