काभ्रे जिल्ला ड्रग्स ओसार–पसारको केन्द्र बन्दै

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
बीपी र अरनिको राजमार्गको मुख्य केन्द्र काभ्रेपलाञ्चोक जिल्ला राजधानीबाट समेत नजिक भएकाले लागूऔषधको ओसारपसारको मुख्य केन्द्र बन्न थालेको छ। नासिकास्थान साँगा मुख्य प्रवेशद्वार नजिकैबाट ड्रग्सलगायतको कारोबार हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ।

अरनिको राजमार्गको नासिका साँगा–६ स्थित प्रहरीले नियमित जाँच गरिरहेको समयमा मोटरसाइकलमा आएका दुई युवामध्ये काठमाडौं जिल्ला जोरपाटी गाविस आरुबारी–९ का २० वर्षीय सञ्जीव खड्का पक्राउ परे। उनको साथबाट प्रहरीले डाइज्याल्याब लेखिएको एम्फुल २४ वटा, फेनागन लेखिएको एम्फुल २२ र नोफिन लेखिएको एम्फुल २२ थान ड्रग्स बरामद गर्यो। सञ्जीवसँगै आएका अर्का युवा प्रहरीले चेकिङ शुरु गरेलगत्तै ब्याग छाडेर फरार भए। मोटरसाइकल चलाइरहेका सञ्जीव ब्यागसहित पक्राउ परे।

घरनजिकैको विद्यालयमा अध्ययन गर्दागर्दै कक्षा १० मा पुगेपछि अध्ययन छाडेका सञ्जीव परिवारको एक्लो छोरा हुन्। दुई छोरी र एक छोराका बाबु सञ्जीवका बुबा हुलाकमा कार्यालय सहयोगी पदमा कार्यरत छन्। उनका साथी २३ वर्षीय सुरेन्द्र लामा त्यही स्कुलमा कक्षा ८ पढ्दापढ्दै छाडेका थिए। उनीहरू धारामा पानी लिन जाने निहुँमा केही वर्षअघिदेखि चुरोट, चुरोटमा गाँजा राख्दै ड्रग्ससमेत सेवन गर्न थालेका थिए। त्ीिह क्रममा उनीहरूले विद्यालय जाने उमेर कटाउँदै ड्रग्स सेवनमै लाग्न थाले। आजकाल हरेक विद्यालयमा अध्ययन गर्ने सोही उमेरका विद्यार्थीहरूको निगरानी हुन सकेन भने यस्तै युवाहरूले सप्लाई गर्ने ड्रग्सको शिकार हुन थालिसकेका छन्। अभिभावकले दिने रकम ड्रग्सकै खरिद बिक्रीमा प्रयोग हुन थालेको तथ्यहरू खुल्न थालेका छन्।

घर–परिवारले आफ्ना सन्तानहरूलाई नियन्त्रण, अनुगमन र अनुशासनमा राख्न नसक्दा पछिल्लो समय युवाहरू लागूऔषध प्रयोग, ओसारपसार र गलत बाटोमा लाग्न थालेको यही घटनाले पनि पुष्टि गरेको छ। कक्षा १० सम्मको अध्ययन गरी छाडेका एक युवा प्रहरीको चेकिङमा ड्रग्ससहित पक्राउ परेका छन्। उनीसँगै रहेका अर्का युवा फरार छन्। उनी पनि कक्षा ८ अध्ययन गर्दा गर्दै छाडेका युवा हुन्। अध्ययन छाडेर २ महिना मामाको पसल बानेश्वरमा काम गरेका सञ्जीव अनलाइन जब गर्न थाले। अनलाइमा सामान एप्लाई गरेपछि होम डेलिभरीको सर्भिस दिएर दैनिक ५ सयदेखि १ हजार कमाउने सञ्जीवलाई बाबुले कार्यालय सहयोगीकै तलबबाट पल्सर मोटरसाइकल खरिद गरिदिएका छन्। उनको साथी सुरेन्द्र के काम गर्छ सञ्जीवलाई थाहा छैन।

असोज २२ गते सञ्जीवलाई सुरेन्द्रले मामाघर साँगाजाउँ भनेर ल्याए। उसको मोटरसाइकल नभएकाले सञ्जीवलाई साथी जाऔं भनेर ल्याएका सुरेन्द्रले ब्यागमा के बोकेका थिए थाहा नभएको सञ्जीवले बताएका छन्। सुरेन्द्रको घर पनि सञ्जीवको सँगै हो। बिहान दक्षिणकाली पुगेर आएका सञ्जीव र सुरेन्द्रले उक्त ड्रक्समार्फत् ल्याउने र कसलाई बिक्री गर्छन ? अझै खुलेको छैन। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अनील घिमिरेको टोलीले सुरेन्द्रको खोजी गर्दै थप अनुसन्धान गरिरहेको छ।