पुनर्निर्माणलाई सघाउन भिडियो

0
Shares

गत वर्षको भूकम्पपछि सुचारु हुनुपर्ने पनर्निर्माणको कार्यले गति लिन नसकिरहेको बेला नेपाललाई पुनः एक पटक सुन्दर बनाइनुपर्छ भन्ने भावना बोकेको गीत तथा म्युजिक भिडियो सोमबार काठमाडौंमा राजधानीमा सार्वजनिक गरिएको छ।

राजधानीको कमलादी गणेस्थानमा आयोजित एक समारोहमा गीतकार सुना भण्डारीद्वारा रचित हे आमा नेपाल बोलको गीतको एल्बम तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीतकार भण्डारी तथा म्युजिक भिडियोका निर्देश्ँक कृष्णदेव रूपाखेतीले एल्बम विमोचन गरेका हुन्। एल्बमलाई पशुपति वंशीराम मण्डप नेपालले प्रस्तुत गरेको हो। गीतमा गायिका संगीता राना प्रधान तथा गायक विनोद पछाईको युगल गायन छ। विनोद पछाई यो गीतका संगीतकार पनि हुन्।

सार्वजनिक गरिएको भिडियोमा अभिनेता नरेन खड्का तथा अभिनेत्री सम्पदा बानियाँले अभिनय गरेका छन्। महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोका छायांकार अमृत सुनुवार हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन्। भिडियोमा भूकम्पले पुर्याएको क्षतिदेखि लिएर पुनर्निर्माणका प्रयासहरूलाई समेत समेटिएको छ।