समाचार

आज भैरहवा क्याम्पसमा चुनाव : अनेरास्ववियु एक्लै, गठबन्धन बनाएर भिड्दै

भैरहवा ।  बुधवार हुन गईरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनाबी प्रतिसपर्धा गर्दैछन् । पुर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गईरहेको छ । स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन(अनेरास्ववियु)ले सिंगल प्यानल सहित चुनाबी प्रतिसपर्धामा होमिएको छ । चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ । सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भन्डारीले आफ्नो उम्मेदवारी निस्क्रीय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनाबी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् । यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थि संगठन राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थि संगठन र नेकपा माओवादी पाटि निकटको विद्यार्थि संगठन अखिल –क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिसपर्धा गर्दैछन । अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पाटि निकटको