काठमाडौँ।
गृहमन्त्री सुधन गुरुङले लोकतान्त्रिक मुल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्ण रुपमा आत्मसाथ गर्दै राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिवद्ध भएर काम गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ ।
सोमबार राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा गृहमन्त्री गुरुङले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन मार्फत देश विकासको अभियानमा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कठोर अनुशासन र समर्पणसहित आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएका प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालले स्थापन कालदेखि नै कार्यक्षेत्रमा देखाएको क्षमता, दक्षता र व्यावसायिकता मार्फत आफ्नो औचित्यलाई सक्षम, विश्वासिलो तथा अब्बल सुरक्षा निकायको रुपमा परिचित गराएको चर्चा गर्नुहुँदै सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षाका क्षेत्रमा संगठनले निर्वाह गरेको उल्लेखनिय भूमिकाको समेत मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालले अंगिकार गरेको BIRD (Border Security, Internal Security, Revenue Support and Disaster Management) अवधारणा अनुरुप कार्यक्षेत्रमा प्रभावकारी योगदान पु¥याउँदै आएको चर्चा गनुुहुँदै राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान लगायतका तालिम शिक्षालयहरुमा संचालित तालिमहरुको स्तरोन्नती तथा निरन्तरता र गुणस्तर अभिबृद्धिका लागि गृहमन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहिरहने बताउनुभयो।
गृहमन्त्री गुरुङले वर्तमान परिवेशमा जगन्य अपराध, सीमापार अपराध, विपद् जोखिम तथा बन्द हडताल जस्ता गतिविधिहरुले मुलुकको आन्तरिक सुरक्षामा थप चुनौतीहरुको सृजना गर्दै आएको हुँदा यस्ता क्रियाकलापहरुको समयमा नै निगरानी गरी नियन्त्रणका लागि पेशागत दक्षता र संयम्ताकासाथ परिचालन हुन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सोही अवसरमा निर्देशन दिनुभएको थियो ।

उहाँले सशस्त्र प्रहरी बल नेपाल देशको ७७ वटै जिल्लामा उपस्थिती रहि देशको शान्ति सुरक्षा कायम राख्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आई रहेको चर्चा गर्नुहुँदै संगठनलाई राज्यप्रदत्त जिम्मेवारीहरु निर्वाह गर्ने सिलसिलामा आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, सुरक्षा सामाग्री तथा बन्दोबस्ती व्यवस्थापन लगायतका विषयमा नीतिगत कार्यान्वयमा आवश्यक सहयोग उपलब्ध गराउन गृहमन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले पु¥याएको योगदान प्रशंसनिय रहेको उल्लेख गर्नहुँदै सशस्त्र प्रहरी बल नेपालले संचालन गरेको समुदायमा आधारित विपद् प्रतिकाकार्य तालिममा आफु पनि सहभागिता भई यसको व्यवहारिक र प्रभावकारिता अनुभुत गरेको स्मरण गर्नुभयो ।
समारोहमा गृहमन्त्री गुरुङले दिक्षीत भई कार्यक्षेत्र प्रवेश गर्न लाग्नुभएका अधिकृतहरुलाई साहस, अनुशासन, इमान्दारिता, कर्तव्यनिष्ठ र अथक परिश्रमलाई जीवनको मार्गदर्शकको सिद्धान्तका रुपमा आत्मासाथ गर्दै राष्ट्र र जनताको सेवामा समर्पित रहन प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुहुँदै राष्ट्रसेवामा समर्पित गर्न प्रेरित गर्नुहुने अभिभावकप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
उक्त समारोहमा माननीय गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी आधारभूत तालिममा सर्वप्रथम हुने प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक समिर बहादुर रावललाई खुकुरी प्रदान गर्नुकासाथै कवाज प्रथम सशस्त्र प्रहरी निरीक्षक जनक बडायर जोशी, शारिरीक सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर जोशी र चादमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक प्रदिप कुँवरलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
करीव ५६ हप्ता अवधिको सो तालिम ३ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

सामारोहमा नेपाल सरकारका मुख्य सचिव सुमन राज अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकन्द्र कार्की, चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।











प्रतिक्रिया