सिन्धुपाल्चोक।
सशस्त्र प्रहरीले भन्सार कागजातबिनाका करिब ८६ लाख ३२ हजार रुपैयाँ बराबरका विभिन्न किराना सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
सोमबार बलेफि गाउँपालिका–८ बाट ना. ३ ख ५१४० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।
सुरक्षा बेस लामोसाँघुबाट खटिएको सशस्त्र प्रहरी टोलीले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रविनै ओसारपसार भइरहेको अवस्थामा ट्रकसहित सामान नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामानहरूमा चाइनिज दाल, बदाम, खुर्सानी, अचार, चामल, तेल लगायत गरी करिब १ सय २३ प्रकारका वस्तु रहेका छन्।
नियन्त्रणमा लिइएका सामान र ट्रकलाई आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया