डाबर रेड टुथपेस्टद्वारा कमेडी दरबार सिजन ३ प्रायोजन


काठमाडौं
डाबर नेपालले आफ्नो प्रमुख ब्रान्ड डाबर रेड टुथपेस्टमार्फत ‘कमेडी दरबार सिजन ३’ को शीर्ष प्रायोजन गरेको औपचारिक घोषणा गरेको छ । भने कम्पनीको नयाँ पेय ब्रान्ड ‘रियल जुस’ले पनि सहयोग जनाएको छ ।

आगामी बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुने यस कार्यक्रम नयाँ सेट र विस्तारित मनोरञ्जनात्मक ढाँचासहित प्रस्तुत हुनेछ । उत्कृष्ट हास्य, नयाँ प्रस्तुति र परिवारका सबै सदस्यले रमाइलो गर्न सक्ने शैलीमा तयार पारिएको यो कार्यक्रम यस वर्षकै प्रतीक्षित हास्य कार्यक्रममध्ये एक मानिएको छ ।

कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल महाराजाको भूमिकामा देखिनेछन् भने अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा रहनेछिन् । साथै अभिनेत्री दिया मास्के रानीको रूपमा प्रस्तुत हुनेछन्, जसले शाही कमेडी दरबारको अवधारणामा नयाँपन थप्ने अपेक्षा गरिएको छ । यस सहकार्यमार्फत डाबर रेड टुथपेस्टले परिवारमुखी दर्शकसँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ।