एरिका कराते वान प्रिमियर लिगको फाइनलमा


काठमाडौं ।

एरिका गुरूङले चीनको लेसानमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा पुग्दै नेपालको लागि कमसेकम रजत पदक पक्का गरेकी छन् ।

एरिकाले सेमिफाइनलमा इटालीकी खेलाडी फेराकुटी क्लियोलाई ८–३ ले हराउँदै फाइनलको यात्रा तय गरेकी हुन् । उनी स्वर्ण पदक नजिक पुगेकी छन् । हाललाई रजत पदक भने पक्का छ ।

एरिकाले फाइनलमा काजकस्तानकी सोफिया बर्लुतशोभासँग प्रतिस्पर्धा गर्नेछिन् । सोफिया उनै खेलाडी हुन् जसले ३ महिनाअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा एरिकालाई हराएकी थिइन् ।

प्रशिक्षक कुशल श्रेष्ठले भने सोफियालाई हराउने बताए । उनले भने– ‘सोफिया हाम्रो लागि चिरपरिचित हो, यसपटक हराउँछौं ।’
श्रेष्ठले एरिकाको प्रदर्शन सुदृढ भएको पनि बताए । पहिलो र दोस्रो खेलभन्दा तेस्रो र चौथो राउन्डमा आएर अझ सुदृढ प्रदर्शन भएको उनले उल्लेख गरे ।