काठमाडौँ।
काठमाडौंको प्रहरी वृत्त बौद्ध अगाडी गरिएको लापसे चेकिङमा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जसमा सार्वजानिक यात्रुवाहक सवारी साधन (भाडाबस) चालक २ जना , माईक्रोबस चालक २ जना रहेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र ट्राफिक प्रहरी वृत्त बौद्धको संयुक्त टोलिले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ४ जना चालक फेला परेका थिए । नियन्त्रणमा आएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया