काठमाडौं ।
काठमाडौंमा सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिनमा उल्लेख्य बढेको हो।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भई ५ हजार २५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन ४ हजार ८२० रुपैयाँ थियो।











प्रतिक्रिया