सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौ ।

काठमाडौँमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य पनि बढेको छ, जहाँ प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार ८२० रुपैयाँ पुगेको छ।

साथै, १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।