सिमान्तलाई दोहोरो स्वर्ण


काठमाडौं ।

नेपाली भेट्रान टेनिस खेलाडी सिमान्त गुरुङले एनसीटीसी–आईसीएस युनिटी गेम्समा दोहोरो स्वर्ण जितेका छन् । अस्ट्रेलियाको मेलबर्नमा भएको प्रतियोगितामा सिमान्तले भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा स्वर्ण जितेका हुन् ।

नेपाली कम्युनिटी टेनिस क्लब (एनसीटीसी) द्वारा आयोजित प्रतियोगिताको सिंगल्समा सिमान्तले अनुप गुरुङलाई पराजित गरे । डबल्समा सिमान्तले अशोक गुरुङसंग मिलेर अनुप गुरुङ र कुमार खत्रीको जोडीलाई हराए । इन्टरमिडिएट सिंगल्समा दीपेश घिमिरेले भीष्म गौतमलाई पाखा लगाउदै विजेता बने ।