नवलपरासी।
नवलपरासी पूर्वमा अज्ञात समूहकाे कुटपिटबाट सोमबार एक बृद्धकाे मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका १६ टाँगिकाेटका ७५ वर्षीय जीवनराम थनेत रहेको प्रहरीले जनाएकाे छ ।
जीवनराम र उनकी पत्नी ७० गुलवसिनिया थनेत राती खाना खाएर सुतेको र बिहान अवेरसम्म नउठेपछि छोरा वीर बहादुर थनेतले ढाेका खाेली हेर्दा वृद्ध दम्पती घाइते भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घटनाबारे जानकारी हुनासाथ घाइते दम्पतीलाई उपचारार्थ पुरानो मेडिकल कलेज चितवन पठाईएकाेमा टाउकोमा चाेट रहेका पति जीवनरामकाे बिहान ८ :२० बजे मृत्यु भएको थियाे ।

त्यसैगरी टाउकाे लगायत शरीरका विभिन्न भागमा चाेटचाेट रहेकी गुलवसिनियाकाे साेही अस्पतालमा उपचार भई रहेको र घटनाबारे तालिम प्राप्त कुकुर झिकाई घटनाबारे अनुसन्धान तथा कुटपिटमा संलग्नहरूकाे खाेजी भई रहेको प्रहरीले जनाएकाे छ।
नारायणी नदीमा महिलाकाे मृत शव फेला
नवलपरासी पूर्वकै गैडाकाेट १७ स्थित नारायणी नदीकाे झरही घाटमा सोमबार अपरान्ह एक महिलाकाे शव फेला परेको छ ।जिप्रका पूर्वी नवलपरासीका अनुसार नदीबाट महिलाकाे शवलाई पाखामा निकाल्ने कार्य भई रहेको छ ।
बताईए अनुसार चैत २२ गते आईतबार बिहान स्थानीय झरहीखाेला निवासी ५५ वर्षीय तुलसी बिक घरमा कसैलाई केही नभनी सम्पर्क बिहीन भएकी थिइन ।
बेपत्ता बिकलाई उनका आफन्तले खोज तलास गर्ने क्रममा नदीघाटमा महिलाकाे शव अड्किएकाे अवस्थामा देखे पछि प्रहरीलाई खबर गरिएकाे थियाे ।
प्रहरीले शवलाई निकाल्ने प्रयास जारी राख्दै घटनाका सम्बन्धमा अनुसन्धान अघिबढाईएकाे जनाएकाे छ ।











प्रतिक्रिया