लमजुङ जिप दुर्घटना: २ को मृत्यु, १२ घाइते


काठमाडौ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बेँसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनापछि १४ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएकोमा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये २–३ जनाको अवस्था गम्भीर रहेको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।