काठमाडौँ ।
फ्रेन्ड्स अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले काठमाडौँमा पर्यावरणीय सभ्यताबारे चिनियाँ राष्ट्रपति सि जिन फिङको विचारको विषयमा अन्र्तक्रिया गरेको छ । आयोजक फ्रेन्ड्स अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयको चर्चागर्दै कार्यक्रम अघि बढाएका थिए ।
कार्यक्रमका सहभागीहरुले चीनको विकासमा पर्यावरणीय सभ्यता सम्बन्धि सि जिन फिङको विचार महत्वपूर्ण रहेको उल्लेख गरेका थिए । कार्यक्रममा आफ्ना धारणा राख्दै अर्थविद् डा. चन्द्रमणी अधिकारीले हरेक मानिसको पहिलो विश्वविद्यालय प्रकृति भएकोले निश्चल जल र हरित पहाड आजको आवश्यकता भएको बताए । उनले प्रकृतिबाट टाढा बन्यो भने राजनीति, अर्थनीति र संस्कार– संस्कृती दुषित बन्ने बताए । वातावरणविद् डा. धर्म उप्रेतीले हावा, पानी, माटो र ध्वनी संस्कृतिको चर्चा गरेका छन् । उनले पर्यावरणीय सुधारको लागि राजनीतिक प्रतिवद्धता आवश्यक रहेको बताए ।
डा. सञ्जयनाथ खनालले दिगो विकासको मान्यतालाई आत्मसाथ गर्दै आउदो पीडिलाई सुरक्षित र सुन्दर पृथ्वी हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । संविधान सभा सदस्य विनोद पहाडीले पहाडहरु नाङ्गा हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै विकास र वातावरण संरक्षणलाई सन्तुलित ढङ्गले अघि बढाउनुपर्ने बताए । कार्यक्रममा पर्यावरण संग सम्बन्धित विज्ञ, पत्रकार, कलाकार, समाजसेवी, राजनीतिज्ञ लगायतको सहभागिता रहेको थियो ।
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएकाछन् । फ्रेन्ड्स अन द क्लाउड ः प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रियामा अर्थविद् डा। चन्द्रमणि अधिकारी, डा। धर्म उप्रेती, डा। सञ्जयनाथ खनाल, संविधानसभा सदस्य विनोद पहाडी र संस्थाका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यानदिनुपर्ने विषयमा धारणा राखेका थिए । कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिंड्नुपर्ने र हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै भएको उल्लेख गरे ।
निश्छल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको जनाउँदै उनले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने धारणा राखे । डा। धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्ता अनिवार्य रहेको धारणा राखे । डा। सञ्जयनाथ खनालले दीगो विकासको मान्यतालाई आत्मसात गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिंढीलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे । संविधानसभा सदस्य पहाडीले नेपालका पहाड नाङ्गो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । चिनियाँ राष्ट्रपति सि जिनपिङले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याएका थिए ।











प्रतिक्रिया