माइतीघर मण्डलामा शनिबार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन


काठमाडौँ ।

माइतीघर मण्डलामा शनिबार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ।

राष्ट्रिय जेनजिव नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले मूल्य वृद्धि घटाई राहत दिन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्।

उनीहरूले पेट्रोलियम पदार्थको उच्च मूल्यले आम नागरिकको दैनिक जीवन कठिन भएको बताएका छन्।