सार्वजनिक यातायातका ९ चालक मादक पदार्थ सेवनमा कारबाहीमा


काठमाडौं ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका नौ जना चालकले मदिरा पिएर सवारी चलाउँदा प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान विभिन्न स्थानमा आकस्मिक परीक्षणअन्तर्गत उनीहरूलाई पक्राउ गरेको प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार, विशेष अभियानअन्तर्गत गरिएको सप्राइज चेकिङमा यी चालकहरू मादक पदार्थ सेवन गरी सवारी चलाइरहेका अवस्थामा फेला परेका थिए। प्रहरीले यस प्रकारको कार्यलाई रोक्न निरन्तर निगरानी जारी राख्ने जनाएको छ।