काठमाडौ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका सात नेपालीको अवस्था स्थिर रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार यूएईस्थित नेपाली दूतावासले घाइतेहरूसँग सम्पर्क गरी जानकारी लिएको छ।
शुक्रबार घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक भए पनि सबै सात जनालाई खतरामुक्त पाइएको छ। दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जनाको उपचार भइरहेको छ।
घाइतेमध्ये ५ भारतीय नागरिक पनि रहेका छन्। ड्रोन इरानबाट प्रहार गरिएको थियो र यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोध गरेपछि अबुधाबीको अजबान क्षेत्रमा अवशेष खसेको थियो।











प्रतिक्रिया