काठमाडौँ ।
काठमाडौँमा रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच शनिबार भेटघाट भएको छ। रास्वपा सभापति लामिछानेको निजी निवासमा करिब एक घण्टा भएको उक्त भेटमा प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन र संसदभित्रको साझा रणनीतिबारे छलफल केन्द्रित रहेको बताइएको छ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले रास्वपाले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको छ। यसअघि रास्वपाले डीपी अर्याललाई सभामुखमा निर्वाचित गराइसकेको छ।











प्रतिक्रिया