काँकडभिट्टा–लौकही सडकमा देशकै सबैभन्दा ठूलो एनिमल पास निर्माण हुँदै


काठमाडौं ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डको झापा चारआली क्षेत्रमा हात्तीको आवतजावत सुरक्षित बनाउन नेपालकै ठूलो एनिमल ओभरपास निर्माण सुरु गरिएको छ।

एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको उक्त ओभरपास भारतबाट आउने जंगली हात्तीहरूको रुट पहिचान गरेर तयार पारिँदैछ।

योजना पूर्वी खण्डका इन्जिनियर आश्रय महतका अनुसार यसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको सुरक्षित आवागमन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।