काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्ट पार्नुभएको छ। संस्थापन इतर समूहमा रहेको भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार तथा प्रचार भइरहेका बेला उहाँले त्यसप्रति आपत्ति जनाउँदै यस्तो धारणा राख्नुभएको हो।
शनिवार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले आफूलाई कुनै पक्ष वा समूहसँग जोडेर प्रचार गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले आफू स्वतन्त्र रुपमा पार्टीभित्र क्रियाशील रहेको समेत बताउनुभयो।











प्रतिक्रिया