काठमाडौँ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दुर्व्यवहार र हैरानी दिने १८ जना नियन्त्रण


काठमाडौँ ।

काठमाडौँ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दुर्व्यवहार र हैरानी दिने १८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेका व्यक्तिहरूले यात्रुलाई आफूले चिनेको होटलमा लगाएर कमिसन लिन्थे।

पक्राउ परेकामध्ये १० जना यात्रुसँग कमिसन लिने र दुर्व्यवहारमा संलग्न भएको पाइएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।