काठमाडौंमा गुन्डागर्दी आरोपमा १२ पक्राउ


काठमाडौं ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले गुन्डागर्दीमा संलग्न रहेको आरोपमा कम्तिमा १२ जनालाई पक्राउ गरेको छ।
काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’मार्फत उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं, सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायतका व्यक्तिहरू रहेका छन्। प्रहरीका अनुसार उनीहरू उपत्यकाका विभिन्न क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ।